प्रधानमन्त्री शाह पोखरामा
gorkhapatraonline.com · Fri Aug 21 10:22:17 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाह पारिवारिक भ्रमणको सिलसिलामा आज अपराह्न पोखरा आइपुग्नुभएको छ । उहाँ माछापुच्छ्रे गाउँपालिका –६, अस्तामस्थित अन्नपूर्ण इकोभिलेज रिसोर्टमा बास बस्नुहुनेछ ।
प्रधानमन्त्री शाह अस्ताम आइपुग्नुभएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो। “प्रधानमन्त्री नितान्त पारिवारिक भ्रमणमा आउनुभएको हो, उहाँको भ्रमणलाई लक्ष्य गरी जिल्लाको सुरक्षा व्यवस्था चुस्त पारिएको छ” उहाँले भन्नुभयो, “प्रधानमन्त्रीको अन्य कुनै औपचारिक कार्यक्रम छैन ।”
Read full story at source (gorkhapatraonline.com)