नेपाल ‘ए’ ले एनटी स्ट्राइकलाई दियो १२३ रनको लक्ष्य
annapurnapost.com · Fri Aug 21 10:20:31 GMT 2026
काठमाडौं : टप एण्ड टी–२० श्रृंखलाको पहिलो खेलमा नेपाल ‘ए’ले एनटी स्ट्राइकलाई १२३ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। डीएक्ससी एरिनामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२२ रन बनाएको हो।
नेपाल ‘ए’ को लागि पवन सर्राफले सर्वाधिक ४१ रन बनाए। उनले ४९ बलमा ३ चौका र १ छक्का प्रहार गरे। ओपनर कुशल भुर्तेल ५ बल खेल्दै डकआउट भए। अर्का ओपनर तृतराज दासले १३ रन बनाए। कप्तान अनिल शाहले १४, लोकेश बमले १६ रन बनाए।
Read full story at source (annapurnapost.com)