अलास्का विमान दुर्घटना : ८ जनाको मृत्यु
ratopati.com · Fri Aug 21 10:33:30 GMT 2026

अलास्का । अलास्काको दुर्गम अमेरिकी वायु सेनाको परिसरमा भएको विमान दुर्घटनामा ८ जनाको मृत्यु भएको सेनाले जनाएको छ । विमान आलस्का राज्यको दक्षिणपश्चिमी छेउमा रहेको केप नेवेनह्यामको लामो दूरीको राडार क्षेत्रको विमानस्थलमा दुर्घटनाग्रस्त भएको अलास्कन कमान्डले विज्ञप्तिमार्फत जनाएको छ ।
दुर्घटनास्थल नजिकै अवतरण गर्ने उद्धारकर्ताहरूले दुर्घटनाग्रस्त विमानमा सवार यात्रुहरु कोहि जीवित नरहेको पुष्टि गरेको समेत आलास्का कमान्डले जनाएको छ । अलास्काको हवाई क्षेत्रमा सञ्चालित विमानलाई निर्देशन गर्ने राडार क्षेत्रमा जहाजमा रहेका मानिसहरूले के गरिरहेका थिए भन्नेबारे भने विज्ञप्तिमा उल्लेख गरिएको छैन ।
Read full story at source (ratopati.com)