चलचित्र ‘सारथी’ को प्रदर्शन मिति घोषणा
nagariknews.nagariknetwork.com · Fri Aug 21 05:17:17 GMT 2026

निर्देशक कुमार गजुरेलको निर्देशनमा बन्न लागेको चलचित्र ‘सारथी’ को प्रदर्शन मिति घोषणा भएको छ। अभिनेत्री निरुता सिंहको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै ‘सारथी’ टिमले आगामी मंसिर ११ गते देखि देशभरका हलमा प्रदर्शनमा आउने घोषणा गरेको छ।
सार्वजनिक पोस्टरमा अभिनेत्री निरुता सिंहलाई यसअघिका भूमिकाभन्दा फरक र गम्भीर अवतारमा प्रस्तुत गरिएको छ। उनको भावभंगी र पोस्टरको प्रस्तुतिले सिनेमाको कथाप्रति दर्शकमाझ कौतूहल बढाउने देखिन्छ । यो पोस्टरमा अभिनेत्री सिंहको काखमा दुधे बालक लिएर गम्भिर मुद्रामा खुट्टाको पैतलाबाट रगत चुहिँदै गरेको अवस्थामा देखिएकी छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)