अमेरिकाको अलास्कामा चार्टर विमान दुर्घटना, आठजनाको मृत्यु
baahrakhari.com · Fri Aug 21 10:39:59 GMT 2026

काठमाडौं । अमेरिकाको अलास्का राज्यको दुर्गम क्षेत्रमा बिहीबार एउटा चार्टर विमान दुर्घटना हुँदा सबै आठ यात्रुको मृत्यु भएको छ । दुर्घटना एन्करेजबाट करिब ७२५ किलोमिटर पश्चिममा रहेको केप न्युवेनहाम लङ रेन्ज राडार साइटनजिक भएको हो ।
सेस्ना ४४१ विमान एन्करेजस्थित सिक्युरिटी एभिएसनबाट चार्टर गरिएको थियो । विमान एन्करेजस्थित टेड स्टिभन्स अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो । र, केप न्युवेनहामतर्फ गइरहँदा दुर्घटना भएको अमेरिकाको फेडरल एभिएसन एडमिनिस्ट्रेसनले जनाएको छ ।
Read full story at source (baahrakhari.com)