३ वर्षीया बालिका हत्या प्रकरण : न्यायको माग गर्दै पाल्पामा प्रदर्शन
annapurnapost.com · Fri Aug 21 10:55:12 GMT 2026

तानसेन : बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ जितपुरकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा न्यायको माग गर्दै पाल्पामा विरोध प्रदर्शन भएको छ।
स्थानीय महिला, अधिकारकर्मी, नागरिक समाज, विभिन्न राजनीतिक दलका नेताहरू तथा जनप्रतिनिधिहरूको सहभागितामा उक्त विरोध कार्यक्रम सम्पन्न भएको हो। प्रदर्शनकारीहरूले 'छिटो न्याय चाहियो' लगायतका नारा लेखिएका प्लेकार्डसहित जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका थिए।
Read full story at source (annapurnapost.com)