विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण
gorkhapatraonline.com · Fri Aug 21 11:07:18 GMT 2026

जापानले आफ्नो देशले ‘उत्तरी क्षेत्र’ भनेर दाबी गर्दै आएको विवादित कुरिल टापुमा रुसले क्षेप्यास्त्र परीक्षण गर्ने जानकारी दिएपछि मस्कोसँग विरोध जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको उक्त क्षेत्रको भ्रमणपछि क्षेप्यास्त्र परीक्षणको विषय सार्वजनिक भएको हो ।
जापानी सरकारका प्रवक्ताले शुक्रबार रुसको क्षेप्यास्त्र परीक्षण योजनाप्रति विरोध जनाइएको बताउनुभएको छ । जापान र रुसबिच कुरिल टापुको स्वामित्वलाई लिएर लामो समयदेखि विवाद रहँदै आएको छ । जापानी समाचार संस्था क्योदोले रुसी प्यासिफिक फ्लीटलाई उद्धृत गर्दै परीक्षण भइसकेको जनाएको छ । बास्टियन सतहदेखि जहाजमा प्रहार गर्ने क्षेप्यास्त्र प्रणालीले सुसज्जित रुसी नौसैनिक एकाइले परीक्षण गरेको बताइएको छ ।
Read full story at source (gorkhapatraonline.com)