‘प्रधानमन्त्रीसँग भेट्न पाए पानी र बाटो माग्थ्यौँ’
ratopati.com · Fri Aug 21 11:57:03 GMT 2026

पोखरा। शुक्रबार बिहानसम्म अस्तामीलाई प्रधानमन्त्री बालेन्द्र शाह आउने थाहा पनि थिएन । एकाएक मिडियामाबाट प्रधानमन्त्री पोखरा हुँदै मुस्ताङ जाने खबर बाहिरियो । उनी सिधै मुस्ताङ जाने कि पोखरा बस्ने भन्ने खुलेको थिएन।
पारिवारिक भ्रमण भएको भन्दै सरकारी संयन्त्रलाई पनि खबर नभएको प्रमुख जिल्ला अधिकारीदेखि प्रहरी संयन्त्रले जनायो। केहीबेरमा प्रधानमन्त्री शाह कास्कीको अस्तामस्थित अन्नपूर्ण इको भिलेजमा बास बस्ने खबर सार्वजनिक भयो । त्यसपछि मात्रै अस्तामका बासिन्दाले उनी आउन लागेको थाहा पाएका हुन्।
Read full story at source (ratopati.com)