पेटभित्र लुकाएर ल्याएको सुनसहित विमानस्थलमा बंगलादेशी नागरिक पक्राउ
onlinekhabar.com · Fri Aug 21 11:54:17 GMT 2026

५ भदौ, काठमाडौं । पेटभित्र लुकाएर ल्याएको सुनसहित एक बंगलादेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोहम्मद रसेल हवल्दार छन् । त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालयले उनलाई पक्राउ गरेको हो । फ्लाई दुबईको एफजेट११३३ बाट उनी ३१ साउनमा काठमाडौं आएका थिए । शंका लागि सादा पोशाकको प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
Read full story at source (onlinekhabar.com)