क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
gorkhapatraonline.com · Fri Aug 21 12:47:35 GMT 2026
यहाँ निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकिएको छ । भरतपुर महानगरपालिका-१५ स्थित त्रिभुवन विश्वविद्यालयको नाममा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको जमिनमा रङ्गशाला निर्माण भइरहेको हो ।
भरतपुर महानगरपालिकाका इन्जिनियर आदर्श पोखरेलका अनुसार चार वटा प्यारापिट (रङ्गशालामा दर्शक बस्नका लागि तह तहमा बनाइएको सिँढीजस्तो संरचना)मध्ये तीन वटाको ढलान भइसकेको छ भने एउटाको डन्डी बाँधेर ढलानको तयारी गरिएको छ । यी प्यारापिट दर्शकका लागि बनाइएको हो ।
Read full story at source (gorkhapatraonline.com)