विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण
ratopati.com · Fri Aug 21 13:00:57 GMT 2026

काठमाडाैँ । जापानले आफ्नो देशले ‘उत्तरी क्षेत्र’ भनेर दाबी गर्दै आएको विवादित कुरिल टापुमा रुसले क्षेप्यास्त्र परीक्षण गर्ने जानकारी दिएपछि मस्कोसँग विरोध जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको उक्त क्षेत्रको भ्रमणपछि क्षेप्यास्त्र परीक्षणको विषय सार्वजनिक भएको हो।
जापानी सरकारका प्रवक्ताले शुक्रबार रुसको क्षेप्यास्त्र परीक्षण योजनाप्रति विरोध जनाइएको बताउनुभएको छ । जापान र रुसबीच कुरिल टापुहरूको स्वामित्वलाई लिएर लामो समयदेखि विवाद रहँदै आएको छ।
Read full story at source (ratopati.com)