वायुसेवा निगमका कर्मचारीलाई मन्त्रीको निर्देशन : कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नुहोस्
onlinekhabar.com · Wed Jul 01 08:19:58 GMT 2026

१७ असार, काठमाडौं । नेपाल वायुसेवा निगमले स्थापनाको ६८ औं वार्षिकोत्सव मनाएको छ । निगमको केन्द्रीय कार्यालय न्युरोडमा आयोजित वार्षिकोत्सव कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गनेस)ले सबै कर्मचारीलाई कुशलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए ।
उनले निगमले गरेका राम्रा कार्यमा मन्त्रालयको तर्फबाट पूर्ण सहयोग रहने बताए । मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले निगमको अवस्थालाई समीक्षा गरी अहिले नै निराश नहुन र निगमलाई बलियो बनाउन सबैले ध्यान दिनुपर्ने बताए ।
Read full story at source (onlinekhabar.com)