गोपनीयता मुद्दा हारेपछि ह्यारीसहित ७ जनाले डेली मेललाई ९५ लाख पाउन्ड तिर्नुपर्ने
nepalviews.com · Fri Aug 21 13:23:02 GMT 2026

काठमाडौं । बेलायती राजकुमार प्रिन्स ह्यारीसहित सात जना चर्चित व्यक्तिले गोपनीयता मुद्दामा पराजित भएपछि डेली मेलको प्रकाशकलाई प्रारम्भिक रूपमा ९५ लाख ४० हजार पाउन्ड तिर्नुपर्ने भएको छ ।
प्रिन्स ह्यारी, गायक सर एल्टन जोन र उनका पति डेभिड फर्निस, सर साइमन ह्युजेस, सेडी फ्रस्ट, अभिनेत्री लिज हर्ली र बारोनेस डोरेन लरेन्सले डेली मेलको प्रकाशक एसोसिएटेड न्युसपेपर लिमिटेड (एएनएल) विरुद्ध गैरकानुनी रूपमा सूचना संकलन गरेको आरोप लगाउँदै मुद्दा दायर गरेका थिए ।
Read full story at source (nepalviews.com)