फोहोर राष्ट्रिय आपतकालीन समस्या हो : सञ्चारमन्त्री
onlinekhabar.com · Fri Aug 21 13:28:04 GMT 2026

५ भदौ, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले फोहोरको समस्या राष्ट्रिय आपतकालीन भएको बताएका छन् । शुक्रबार पूर्वाधार बिकास मन्त्रालयमा आयोजित काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापन सम्बन्धि छलफलमा मन्त्री तिमिल्सिनाले फोहोर व्यवस्थापनलाई संघीय वा स्थानीय निकायको सामान्य विवादका रूपमा नभई राष्ट्रिय आपतकालीन भएको बताए ।
‘यो संघ र स्थानीय सरकारको समस्या होइन, राष्ट्रिय आपतकालीन हो । क्याबिनेटबाट निकास निकाल्ने हो,’ उनले भने । मन्त्री तिमिल्सिनाले फोहोरमा राजनीति नगर्नसमेत आग्रह गरे । ‘फोहोरमा राजनीति नगरौं । दोषारोपण नगरौं । समस्या समाधान गर्न आयोजना गरिएको छलफल हो,’ उनले भने, ‘संघीय सरकारले के गर्नुपर्छ त्यसमा म प्रतिबद्धता जनाउछु ।’
Read full story at source (onlinekhabar.com)