४ करोड लगानीको संरचना भत्काउँदै सेजबाट बाहिरियो पञ्चकन्या
lokaantar.com

रूपन्देहीको भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) बाट ठूलो उद्योग पञ्चकन्या बाहिरिएको छ । भारतले आयात गरिने वस्तु र कच्चा पदार्थमा ब्यूरो अफ इन्डियन स्टान्डर्डस (बीआएस) अनिवार्य गरेपछि उद्योग बन्द गर्नुपर्ने अवस्थामा पुगेको पञ्चकन्या समूहले जनाएको छ ।
उद्योग सञ्चालनका लागि करिब ४ करोड रुपैयाँ लगानी गरेर निर्माण गरिएको भौतिक संरचना अहिले भत्काउन थालिएको छ । देशकै ठूलो उद्योग मध्येमा पर्ने पञ्चकन्या सेजबाट बाहिरिएपछि उद्योग क्षेत्रमा ठूलो निराशा छाएको छ ।
Read full story at source (lokaantar.com)