जनकपुरमा प्रोटोनको १० औँ सोरुम शुभारम्भ, ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
annapurnapost.com · Fri Aug 21 14:34:42 GMT 2026

जनकपुर : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा . लि . ले जनकपुरमा आफ्नो नयाँ आधिकारिक सोरुम शुभारम्भ गर्दै विशेष समारोहबीच ‘ द अल – न्यू प्रोटोन इ . मास ५ ’ सार्वजनिक गरेको छ। नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय सवारीका रूपमा प्रस्तुत गरिएको इ . मास ५ ले सहरी जीवनशैली तथा दैनिक यात्रालाई थप सहज , स्मार्ट र आधुनिक बनाउने लक्ष्य बोकेको कम्पनीले जनाएको छ।
हालै मलेसियामा आयोजित प्रतिष्ठित ‘Allianz DSF Vehicle of the Year Awards 2026’ मा ‘Electric Compact Vehicle of the Year 2026’ को उपाधि जित्न सफल प्रोटोन इ . मास ५ अत्याधुनिक प्रविधि , स्मार्ट फिचर र इन्टेलिजेन्ट डिजाइनको उत्कृष्ट संयोजनका रूपमा प्रस्तुत गरिएको छ। इ . मास ५ मा १४ . ६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम , वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो जस्ता आधुनिक सुविधा उपलब्ध छन्। त्यसैगरी , ७० लिटरको फ्रन्ट फ्रङ्क , ३७५ लिटरसम्म विस्तार गर्न सकिने पछाडिको लगेज स्पेस तथा ३२ वटा स्टोरेज कम्पार्टमेन्टले दैनिक प्रयोगदेखि लामो दूरीको यात्रासम्म आवश्यक व्यावहारिकता र सुविधा प्रदान गर्ने कम्पनीको दाबी छ।
Read full story at source (annapurnapost.com)