६ वटा युरोपेली देश र क्यानडाद्वारा इजरायलको नयाँ बस्ती विस्तार योजनाको विरोध
baahrakhari.com · Fri Aug 21 14:46:05 GMT 2026

काठमाडौं । जेरुसेलमनजिकै वेस्ट बैंकको कब्जामा रहेको प्यालेस्टिनी भूभागमा नयाँ बस्ती बसाउने इजरायलको योजनाप्रति ६ वटा युरोपेली मुलुक र क्यानडाले कडा विरोध जनाएका छन् । इजरायली अधिकारीहरूले त्यस क्षेत्रमा एक हजार २०० भन्दा बढी नयाँ आवासीय एकाइ निर्माणका लागि टेन्डर आह्वान गरेपछि उनीहरूले बस्ती विस्तार तत्काल रोक्न माग गरेका हुन् ।
फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स, बेलायत, नर्वे र क्यानाडाले संयुक्त विज्ञप्ति जारी गर्दै इजरायलको पछिल्लो निर्णय थप चिन्ताजनक रहेको उल्लेख गरेका छन् । वेस्ट बैंकमा इजरायली बसोबासीबाट सर्वसाधारणमाथि भइरहेको हिंसा र प्यालेस्टिनी अर्थतन्त्रमाथिका प्रतिबन्धका कारण स्थिति पहिले नै नाजुक रहेको उल्लेख गरेका छन् ।
Read full story at source (baahrakhari.com)