ब्रह्माण्डमा एक्स्ट्राटेरेस्ट्रियल जीवनको प्रमाण भेटिए पनि पहिचान गर्न नसकिने चिन्ता
onlinekhabar.com · Wed Jul 01 08:34:31 GMT 2026

१७ असार, काठमाडौं । वैज्ञानिकहरूले अन्तरिक्षमा परग्रहवासी जीवन( एक्स्ट्राटेरेस्ट्रियल लाइफ) को उपस्थिति हुँदाहुँदै पनि हामीले त्यसको प्रमाणलाई चिन्न नसकी नजरअन्दाज गरिरहेको हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।
यस अनुसन्धानका प्रमुख लेखक तथा उट्रेख्त विश्वविद्यालय र एम्स्टर्डम विश्वविद्यालयका एस्ट्रोबायोलोजी (खगोल जीवविज्ञान) का प्राध्यापक इन्गे लोस तेन काटेका अनुसार अन्तरिक्ष अनुसन्धानमा आजसम्म वैज्ञानिकहरू ‘फल्स पोजेटिभ’ (जीवन नभए पनि जैविक संकेत जस्तो देखिने भ्रम) प्रति निकै सचेत थिए, तर वास्तवमै जीवन भएर पनि त्यसलाई फेला पार्न नसकिने ‘फल्स नेगेटिभ’ को जोखिमलाई भने अनुसन्धानको प्राथमिकतामा राखिएको छैन।
Read full story at source (onlinekhabar.com)