सुतेको भिडियो भाइरलबारे मन्त्री पुन : हलमा एसी नभएकोले आँखा झपक्क भएछ नि
ratopati.com · Fri Aug 21 15:16:10 GMT 2026

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले राष्ट्रिय सभा बैठकका क्रममा आफू निदाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसबारे स्पष्टीकरण दिएका छन्।
मन्त्री पुनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई ‘अल्छी मन्त्री’ र ‘काम नगर्ने मन्त्री’ भन्दै आलोचना गरिएको उल्लेख गर्दै आफू बिहान ६ बजे उठेर ७ बजेदेखि राति ११ बजेसम्म मन्त्रालयमा काम गर्ने दाबी गरेका छन्। आफूले कहिल्यै छुट्टी नमनाएको र नमनाउने पनि उनको भनाइ छ।
Read full story at source (ratopati.com)