देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न
lokaantar.com

कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको जनाएको छ । यो गत वर्षको तुलनामा १.९२ प्रतिशतले धेरै हो । विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार आजसम्म १३ लाख ४१ हजार ७६४ हेक्टर जमिनमा रोपाइँ भएको छ । विभागले १३ लाख ७० हजार हेक्टर जमिन खेतीयोग्य रहेको जनाएको छ ।
प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी १०० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कर्णालीमा ९८.५ प्रतिशत, लुम्बिनीमा ९७.८७ प्रतिशत, गण्डकीमा ९६.६८ प्रतिशत, बागमतीमा ९७.८२ प्रतिशत, मधेसमा ९८.१० प्रतिशत, कोशीमा ९७ प्रतिशत रोपाइँ सकिएको छ ।
Read full story at source (lokaantar.com)