जसले ज्याक मासँग अनुहार मिल्नुको फाइदा उठाइरहेछन्
farakdhar.com · Sat Jan 02 17:53:23 UTC 2021
एजेन्सी– चीनको झेजियांग प्रान्तको तोगसांग शहरमा अलिबाबाका मालिक ज्याक मासँग अनुहार मिल्दाजुल्दा एक व्यक्ति ग्रोसरी स्टोर सञ्चालन गर्छन् । ज्याक मा सँग अनुहार मिलेकै कारण उनलाई धेरै फाइदा पुगेको छ ।
३९ वर्षीय के वु सुएलिनलाई देख्दा धेरै मानिसहरु उनलाई असली ज्याक मा भनेर झुक्किने गर्छन् । ज्याक मा जस्तै देखिने सुएलिनको चीनमा लोकप्रियता निकै बढेको छ । सामाजिक सञ्जालमा पछिल्लो केही महिनामा उनको फलोअर्सको संख्या १३.५ लाख पुगेका छन् ।
Read full story at source (farakdhar.com)