नेपाल–भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति
baahrakhari.com · Fri Aug 21 15:47:00 GMT 2026

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको प्रयोगबाट सुरक्षा निगरानी बढाइने भएको छ । भारतको देहरादूनमा सम्पन्न नेपाल–भारत सीमा व्यवस्थापन संयुक्त कार्यदलको बैठकमा यस्तो सहमति भएको हो ।
"नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा आधुनिक तथा नवीनतम प्रविधि (सीसीटीभीलगायत आधुनिक उपकरण)को प्रयोगबाट सुरक्षा निगरानी बढाउन दुवै पक्षबीच सहमति भयो," बैठकपछि गृह मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
Read full story at source (baahrakhari.com)