गल्ती छोप्न इतिहासको ढाल ?
ratopati.com · Fri Aug 21 15:53:00 GMT 2026

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग जोडिएका स्वकीय सचिव, आफन्त तथा निकट व्यक्तिहरूको सम्पत्तिमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको विषय अहिले सार्वजनिक बहसमा छ । १३ पाने सम्पत्ति विवरण फारम भराइएको र विवरण चित्तबुझ्दो नदेखिएकाले बयानका लागि बोलाउने तयारी भएको समाचार सार्वजनिक भएका छन् ।
नेपालको राजनीतिमा लामो समयदेखि प्रधानमन्त्रीको वरिपरि एउटा अनौपचारिक शक्तिवृत्त बन्दै आयो । प्रधानमन्त्री फेरिए । सरकार फेरिए । समीकरण बदलिए । तर परिवार, आफन्त, स्वकीय सचिव र निकट व्यक्तिको पहुँचको राजनीति धेरै हदसम्म उस्तै रहे । शक्ति केन्द्रसँगको निकटतालाई राजनीतिक योग्यता मानिने भएकाले अवसरका लागि एकथरी मान्छेहरू नजिक पुग्न मरिहत्ते गरिरहे ।
Read full story at source (ratopati.com)