नेपालमा पहिलोपटक ‘विकू भर्चुअल कार्ड’ शुभारम्भ
ratopati.com · Fri Aug 21 16:16:48 GMT 2026

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटमा रहेको विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मुलुकमा पहिलोपटक ‘विकू भर्चुअल कार्ड’ सुरुआत गरेको छ । आफ्ना सदस्यहरूलाई कार्डविहीन कारोबार सेवा प्रदान गर्ने उद्देश्यले आजदेखि विकूले पहिलोपटक यो सुविधा कार्यान्वयनमा ल्याएको हो ।
विकूका सूचना तथा प्रविधि विभाग प्रमुख सङ्केत कँडेलका अनुसार मोबाइल बैंकिङ एपबाट चलाउन, कार्ड माग गर्न, नवीकरण गर्न, ‘कार्ड ब्लक’ र ‘अनब्लक’ गर्न तथा ‘इकमर्स’ व्यवसायमा सहज भुक्तानी गर्न मिल्नेछ ।
Read full story at source (ratopati.com)