गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु
khabarhub.com · Fri Aug 21 16:27:48 GMT 2026

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रेसुंगा नगरपालिका–७, कुडापानीकी ५५ वर्षीया कमला पाण्डे छिन् ।
बाँदर धपाउने क्रममा लडेर घाइते भएकी उनलाई उपचारका लागि गुल्मी अस्पताल तम्घासमा लगिएको थियो । उपचारका क्रममा शुक्रबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए । पाण्डे स्थानीय निउरेनी जंगलको गोरेटो बाटोबाट चिप्लिएर करिब २५ मिटर तल खस्दा गम्भीर घाइते भएकी थिइन् ।
Read full story at source (khabarhub.com)