म्याग्दीका किसानलाई अनुदान बाँड्न ३ करोड विनियोजन
ratopati.com · Fri Aug 21 16:50:29 GMT 2026

म्याग्दी । गण्डकी प्रदेश सरकारले म्याग्दीमा फलफूल, तरकारी, आलु र खाद्यबाली खेती गरेका किसानलाई अनुदान वितरण गर्न आर्थिक वर्ष २०८३/८४ मा तीन करोड भन्दा बढी बजेट विनियोजन भएको छ ।
कुल चार करोड ७८ लाख ४८ हजार बजेट भएको कार्यालयमा प्रशासनिक कार्यका लागि एक करोड ६० लाख, पूँजीगत शीर्षकमा ६ लाख ९५ हजार र अनुदानका कार्यक्रमका लागि तीन करोड ११ लाख ५३ हजार विनियोजन भएको हो । कृषि फार्म, कृषि सहकारी र समूहले ५० देखि ८० प्रतिशतसम्म अनुदान पाउने कार्यालयका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत सञ्जिव बास्तोलाले जानकारी दिए।
Read full story at source (ratopati.com)