जापानको हाचिजो टापु नजिक ५.५ म्याग्निच्युडको भूकम्प, टोकियोमा पनि कम्पन महसुस
ratopati.com · Fri Aug 21 16:58:36 GMT 2026

काठमाडौँ । टोकियोबाट करिब २८० किलोमिटर दक्षिणमा रहेको हाचिजो टापु नजिक प्रारम्भिक ५.५ म्याग्निच्युडको भूकम्प गएको जापानको मौसम विज्ञान निकायले शुक्रबार बताएको छ । यसको कम्पन जापानको राजधानी टोकियोमा पनि महसुस गरिएको थियो ।
यो भूकम्प स्थानीय समयअनुसार राति करिब ९ बजेर ०२ मिनेट जाँदा करिब ६० किलोमिटर गहिराइमा गएको थियो । भूकम्पीय तीव्रता मापन मियाके टापुमा ७ र मिकुरा टापुमा ३ गरिएको जापानको विज्ञान निकायले बताएको छ।
Read full story at source (ratopati.com)