साढे चार दशक जोतभोग, जग्गा अर्कैको नाममा ‘चोरी दर्ता’
gorkhapatraonline.com · Fri Jun 26 05:32:31 GMT 2026

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–५ स्थित गुराँस टोलीका बासिन्दाले विगत साढे चार दशकदेखि जग्गा जोतभोग गर्दै आए पनि हालसम्म जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाउन सकेका छैनन् । उल्टै आफूहरूले रगत–पसिना बगाएर कमाएको जग्गामध्ये केही भूभाग अन्य व्यक्तिहरूले ‘चोरी दर्ता’ गरी आफ्नो नाममा पुर्जा निकालेको थाहा पाएपछि स्थानीय बासिन्दा न्यायका लागि भौंतारिन थालेका छन् ।
वि.सं. २०३४ सालमा ‘राजनीतिक पीडित’ का नाममा छुट्याइएको उक्त जग्गामा वि.सं. २०३६ सालदेखि मानिसहरू बस्न थालेका थिए । सुरुमा सानो संख्यामा सुरु भएको यो बस्तीमा विभिन्न क्षेत्रबाट आएका मानिसहरूको बसोबास थपिँदै गयो । हाल करिब १०० घरधुरीको बसोबास रहेको यस क्षेत्रमा करिब ९ बिघा जग्गा उपयोग हुँदै आएको छ ।
Read full story at source (gorkhapatraonline.com)