अमेरिकी र नेपाली सेनाबीच मुस्ताङमा युरेनियम उत्खननको सम्झौता भयो भन्ने हल्लामा सत्यता छैन : मन्त्री खनाल
annapurnapost.com · Wed Jul 01 08:57:14 GMT 2026

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङमा युरेनियम धातु उत्खनन गर्न कसैसँग कुनै सम्झौता नभएको बताएका छन् । बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरुको प्रश्नोत्तरमा मन्त्री खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खनन गर्न नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने हल्लामा कुनै सत्यता नरहेको बताएका हुन् ।
उनले प्राकृतिक स्रोत र त्यसको उपयोगका सम्बन्धमा नेपालको संविधानमा उल्लेख व्यवस्थाप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको समेत बताए । त्यस्तै मन्त्री खनालले नेपालले आफ्नो असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त विपरीत हुने गरी कुनै पनि सम्झौता नगर्ने समेत स्पष्ट पारे । उनले नेपाल र भारतबीचको घनिष्ठ सम्बन्धको मर्म र भावना अनुरूप ऐतिहासिक सन्धि, सम्झौता तथा नक्साका आधारमा सीमासम्बन्धी समस्याहरूको समाधान कूटनीतिक वार्ताको माध्यमबाट गर्न नेपाल सरकार सधैँ प्रतिबद्ध रहेको बताए ।
Read full story at source (annapurnapost.com)