उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बनिन् इन्दिरा गिरी, भन्छिन्–स्रोत र साधनले भ्याएसम्म काम गर्छु
ratopati.com · Fri Aug 21 19:50:42 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार विस्तारसँगै नेकपाका तर्फबाट इन्दिरा गिरीले उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन् । गिरीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिँदै नयाँ जिम्मेवारी सम्हालेकी हुन् ।
गिरी तत्कालीन नागरिक उन्मुक्ति पार्टीबाट सुदूरपश्चिम प्रदेशसभामा समानुपातिकतर्फबाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। राजनीतिक समीकरणमा आएको परिवर्तनसँगै नागरिक उन्मुक्ति पार्टी नेकपामा समाहित भएपछि उनी नेकपाका तर्फबाट प्रदेश सरकारमा राज्यमन्त्री बनेकी हुन् ।
Read full story at source (ratopati.com)