बाढीबाट प्रभावित नेपाल टेलिकमका ११३ साइट पुनः सञ्चालनमा
barnanmedia.com · Tue Sep 01 22:24:46 GMT 2026

नेपाल टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित थप तीन वटा साइट पुनः सञ्चालनमा ल्याएको छ । मंगलबार धादिङको कल्लेरी र नुवाकोटको भद्रटार थप्रेक तथा पुसनटार साइट पुनः सञ्चालनमा आएका हुन् ।
कल्लेरी साइटबाट आदमघाट, पिपलटार, सुनौलाबजार, घुमाउने डाँडा, कल्लेरी, बेल्टार आदि स्थानका सेवाग्राही लाभान्वित हुनेछन् । भद्रटार थप्रेक साइटबाट पञ्चकन्या, थप्रेक, महाकाली, समुन्द्रादेवी, रालुकादेवी तथा पुसनटार साइटबाट पिपलटार, देवीघाट, माझीगाउँ, सिरखाली, भुवानीवेशी आदि स्थानका सेवाग्राही लाभान्वित हुनेछन् ।
Read full story at source (barnanmedia.com)