हालान्डको गर्जन: 'यो इतिहास हो, २८ वर्षपछिको यो अद्भूत क्षणपछि अब ब्राजिलसँग बिना दबाब रमाइलोका लागि खेल्नेछौँ!'
barnanmedia.com · Wed Jul 01 09:10:36 GMT 2026
न्युयोर्क (अमेरिका) — फिफा विश्वकप २०२६ अन्तर्गत आइभोरी कोस्टविरुद्धको रोमान्चक खेलमा निर्णायक गोल गर्दै नर्वेलाई ऐतिहासिक जित दिलाएका स्टार स्ट्राइकर अर्लिङ हालान्डले खेलपछि आफ्नो भावना व्यक्त गर्दै यसलाई नर्वेली फुटबलको सबैभन्दा ठूलो इतिहासका रूपमा वर्णन गरेका छन्।
नर्वे लामो समय अर्थात् २८ वर्षपछि पहिलो पटक विश्वकपको समूह चरण पार गर्दै नकआउट चरणमा छनोट हुन सफल भएको हो। अर्को चरणमा न्युयोर्कस्थित मेटलाइफ रङ्गशालामा पाँच पटकको विश्वविजेता ब्राजिलको सामना गर्नुअघि हालान्डले टोलीमा कुनै दबाब नरहेको स्पष्ट पारेका छन्।
Read full story at source (barnanmedia.com)