बर्जुताल पर्यटकको रोजाइमा
ratopati.com · Fri Aug 21 23:37:37 GMT 2026

सुनसरी । बर्जु गाउँपालिका–६ मा अवस्थित बर्जुताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । प्राकृतिक सौन्दर्य, शान्त वातावरण, जैविक विविधता तथा विभिन्न पर्यटकीय पूर्वाधारका कारण बर्जुताल सुनसरीकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।
विराटनगरका निखिलकुमार सरदार कक्षा १० मा अध्ययनरत छन् । उनी विद्यालय बिदाको समयमा साथीहरूसँग साइकलमा बर्जुताल घुम्न आउने गरेको बताउँछन् । विराटनगरबाट नजिक, फराकिलो र शान्त वातावरण भएकाले विद्यालय बिदा हुनासाथ साथीसँग बर्जुताल आउने गरेको उनको भनाइ छ । “विराटनगरबाट नजिक छ । घुम्नका लागि पनि आकर्षक भएकाले विद्यालय बिदा हुने बित्तिकै साथीसँग साइकलमा यहाँ आउने गछौँ”, उनले भने ।
Read full story at source (ratopati.com)