सम्बन्ध विच्छेदका मुद्दा उच्च
khabarhub.com · Sat Aug 22 00:21:18 GMT 2026

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका छन् । सम्बन्ध विच्छेदका मुद्दा बढ्दै जाँदा परिवार विखण्डनले समाजमा जटिल समस्या पैदा गर्ने चिन्ता सरोकारवालाले ब्यक्त गरेका छन् ।
पाँचथर जिल्ला अदालतमा गत आव २०८२–०८३ मा ६०९ वटा नयाँ मुद्दा दर्ता भएकामा ३८४ सम्बन्ध विच्छेदका मुद्दा रहेका थिए । सोही आवमा अदालतमा अघिल्ला आव २०८१–०८२ बाट २४६ मुद्दा सरेर आएकामा ८७ वटा सम्बन्ध विच्छेदका मुद्दा रहेका थिए । यसरी एकै आवमा जिल्ला अदालतमा कूल ४७१ सम्बन्ध विच्छेदका मुद्दा सुनुवाइको सूचिमा परेका थिए । जसमध्ये १६७ मुद्दा मेलमिलापबाट टुङ्गिएका छन् । मेलमिलाप भएका अधिकांश मुद्दामा सम्बन्ध विच्छेद भएको पाँचथर जिल्ला अदालतका तहसिलदार एवम् सूचना अधिकारी सरस्वती नेम्बाङले जानकारी दिए ।
Read full story at source (khabarhub.com)