बालबालिकाको गोपनीयता उल्लंघन मुद्दामा टिकटक अमेरिकालाई ४० करोड डलर तिर्न सहमत
nepalviews.com · Sat Aug 22 00:49:24 GMT 2026

काठमाडौं । टिकटकले बालबालिकाको गोपनीयता उल्लंघन गरेको आरोपमा दायर मुद्दा टुंग्याउन अमेरिकालाई ४० करोड डलर (करिब २९ करोड ३० लाख पाउन्ड) तिर्न सहमत भएको छ । यो बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा भएको सबैभन्दा ठूलोमध्येको एक सम्झौता हो ।
यो सम्झौता तत्कालीन राष्ट्रपति जो बाइडेनको कार्यकालमा अमेरिकी न्याय विभागले सन् २०२४ मा दायर गरेको मुद्दासँग सम्बन्धित छ । मुद्दामा टिकटक र यसको मूल कम्पनी बाइटडान्सले १३ वर्षमुनिका लाखौँ प्रयोगकर्ताको ‘ठूलो मात्रामा व्यक्तिगत डेटा’ संकलन गरेको आरोप लगाइएको थियो ।
Read full story at source (nepalviews.com)