उच्च र जिल्ला अदालतको निरीक्षण गर्न पोखरा प्रधानन्यायाधीश शर्मा
nagariknews.nagariknetwork.com · Sat Aug 22 00:46:21 GMT 2026

प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले उच्च अदालत पोखरा र कास्की जिल्ला अदालतको शुक्रबार निरीक्षण तथा अनुगमन गरेका छन्। उनले दुवै अदालतको निरीक्षणसँगै सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएका हुन्।
प्रधानन्यायाधीश डा शर्माले गत वर्षको ‘जेनजी’ आन्दोलनका क्रममा आगजनीमा परी क्षतिग्रस्त बनेका अदालत भवनको अवलोकनसमेत गरेको सर्वोच्च अदालतका उप–रजिष्ट्रार राजेन्द्र पौडेलले बताए। 'जेनजी आन्दोलनका क्रममा क्षति पुगेका अदातल भवनको अवलोकन तथा अनुगमनका सिलसिलामा प्रधानन्यायाधीश पोखरा आइपुग्नुभएको हो', उनले भने, 'शनिबार उच्च अदालत पोखरा बागलुङ इजलास, जिल्ला अदालत बागलुङ र जिल्ला अदालत म्याग्दीको पनि निरीक्षण गर्नुहुने कार्यक्रम रहेको छ।'
Read full story at source (nagariknews.nagariknetwork.com)