प्यालेस्टिनी राजदूतद्वारा युएनआरडब्लुएका लागि राजनीतिक तथा आर्थिक सहयोगको आह्वान
kendrabindu.com · Wed Jul 01 09:34:30 GMT 2026

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घका लागि प्यालेस्टाइनका दूत रियाद मन्सुरले प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) का लागि राजनीतिक तथा आर्थिक सहयोग बलियो बनाउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् ।
न्युयोर्कमा युएनआरडब्लुएका लागि संयुक्त राष्ट्र महासभाको वार्षिक प्रतिज्ञा सम्मेलन लाई सम्बोधन गर्दै मन्सुरले संयुक्त राष्ट्रसङघ महासभाको प्रस्ताव –१९४ का आधारमा प्यालेस्टाइन शरणार्थीको विषयलाई न्यायपूर्ण र स्थायी समाधानका लागि आफ्नो आह्वानलाई नवीकरण गर्दै अन्तर्राष्ट्रिय समुदायलाई अन्यायको अन्त्य गर्न आवश्यक राजनीतिक इच्छा शक्ति र साहस जुटाउन आग्रह गरेका छन् ।
Read full story at source (kendrabindu.com)