वैदेशिक रोजगार विभागद्वारा साउनमा ७ करोड ८१ लाख बढी क्षतिपूर्ति असुल
nagariknews.nagariknetwork.com · Sat Aug 22 01:28:39 GMT 2026

वैदेशिक रोजगार विभागले साउन महिनामा पीडित श्रमिकहरूलाई मुद्दा तथा अनुसन्धान र उद्दार तथा राहत जस्ता शीर्षकमा कुल ७ करोड ८१ लाख ५६ हजार ५ सय ४० रुपैयाँ बराबरको रकम क्षतिपूर्ति स्वरुप पीडितलाई फिर्ता गराउन सफल भएको छ। त्यसैगरी, विभागमा प्राप्त भएका ३८१ वटा गुनासोमध्ये २८८ वटाको समाधान गरिएको छ, जुन कुल प्राप्त गुनासोको ७६ प्रतिशत फर्छ्योट हो।
विभागको मासिक तथ्याङ्क अनुसार राहत तथा उद्धार अन्तर्गत २६ जना नेपाली श्रमिकको उद्धार गरिएको छ भने ५४ जना पीडितले कुल १ करोड ५ लाख ७६ हजार रुपैयाँ क्षतिपूर्ति प्राप्त गरेका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)