बालेन समूहका लागि पद ‘होल्ड’, लामिछानेको वर्चस्व
annapurnapost.com · Sat Aug 22 01:47:15 GMT 2026

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिमा थप पदाधिकारी तथा सदस्य मनोनयन गर्दा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई तत्काल समेटेको छैन।शुक्रबारको केन्द्रीय समिति बैठकले ६ जना पदाधिकारी मनोनयन गरे पनि उनीहरू सबै सभापति रवि लामिछाने समूहका छन्। वरिष्ठ नेता एवं प्रधानमन्त्री शाह समूहका लागि एक उपसभापति, एक महामन्त्रीसहित पाँच पदाधिकारीको स्थान भने ‘होल्ड’मा राखिएको छ।शाह समूहमा कसलाई कुन जिम्मेवारी दिने भन्ने विषयमा सहमति जुट्न नसक्दा पदाधिकारी विस्तार अझै अधुरो रहेको छ।
गत फागुन २१ को निर्वाचनमा समायोजन भएर रास्वपामा आएको शाह समूहबाट हालसम्म उनीसहित दुई जनामात्रै पदाधिकारी छन्। निर्वाचित पदाधिकारीमा सहमहामन्त्रीमा असीम शाह बालेन समूहका हुन्। अघिल्लो बैठकले शाहलाई वरिष्ठ उपाध्यक्षमा मनोनीत गरेको थियो। सभापतिसहित १९ सदस्यीय पदाधिकारीमा हाल दुई जनामात्रै शाह समूहका छन्। शुक्रबारको केन्द्रीय समितिको बैठकले पुरुषोत्तम यादवलाई सहमहामन्त्रीमा चयन गरेको छ।उनी जेन—जी आन्दोलनबाट उदाएका हुन्। गत भदौ २३ र २४ गतेको आन्दोलनका लागि जिल्ला प्रशासन कार्यालयसँग अनुमति माग्नेमध्येका एक जेन—जी अगुवा हुन्, यादव।आन्दोलनपछि रास्वपामा लागेका यादव गत फागुन २१ को निर्वाचनमा समानुपातिकबाट सांसद बनेका हुन्।
Read full story at source (annapurnapost.com)