लण्डनमा 'किताब जात्रा’
nagariknews.nagariknetwork.com · Sat Aug 22 01:50:37 GMT 2026

किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब जात्रा’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा बेलायतका पूर्वसांसद, कूटनीतिज्ञ, साहित्यकार, पत्रकार तथा नेपाली समुदायका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा ब्रिटेनको लेबर पार्टीका नेता एवम् पूर्वसांसद वीरेन्द्र शर्माले बेलायतको मुख्य शक्ति नै यसको विविधता भएको बताए। बेलायती संसदको अल-पार्टी पार्लियामेंटरी ग्रुप अन नेपालका पूर्वअध्यक्ष शर्माले नेपाली डायस्पोराले बेलायती समाजमा दिएको योगदानको प्रशंसा गर्दै नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र इतिहाससँग जोड्नुपर्नेमा जोड दिए। 'भाषा हराए धेरै कुरा हराउँछ। बेलायतमा हुर्किरहेका युवाहरूलाई आफ्नो मातृभाषा सिक्न प्रोत्साहन गर्नुपर्छ,' शर्माले भने। उनले बेलायत र नेपालबीचको द्विपक्षीय सम्बन्ध सुदृढ गर्न नेपाली डायसपोराको भूमिका सशक्त रहेको बताउँदै उनले विश्व शान्ति र समृद्धिका लागि नेपाल, भारत र बेलायतबीच सहकार्य हुनुपर्ने पनि बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)