अल्पविरामलाई लघुकथा पुरस्कार
gorkhapatraonline.com · Sat Aug 22 01:58:23 GMT 2026

लघुकथाकार अल्पविराम पोखरेली (विष्णुकुमार श्रेष्ठ) ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा पुरस्कार’ बाट पुरस्कृत हुनुभएको छ । लघुकथा समाजको १९ औँ वर्ष प्रवेशको अवसरमा शुव्रmबार सर्जक पोखरेलीलाई १० हजार १११ रुपियाँसहित उक्त पुरस्कार प्रदान गरिएको हो । लघुकथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, सर्वनाम थिएटरका संस्थापक नाटककार अशेष मल्ल, समाजका अध्यक्ष तुलसीहरि कोइराला र पूर्णप्रसाद ब्राह्मणका छोरा सुरेशराज शर्माले संयुक्त रूपमा नगदसहित उहाँलाई सम्मान गर्नुभयो ।
वरिष्ठ नाटककार अशेष मल्लले संस्था खोल्न सजिलो भए पनि त्यसलाई निरन्तरता दिन निक्कै कठिन भएको अवस्थामा लघुकथा समाजले १९ औँ वर्षमा लक्ष्य अनुसारको काम गरिरहेको भन्दै प्रशंसा गर्नुभयो ।
Read full story at source (gorkhapatraonline.com)