नेपालले फिबा एसिया प्रिक्वालिफायर्स खेल्ने
gorkhapatraonline.com · Sat Aug 22 01:56:32 GMT 2026
फिबा एसिया प्रिक्वालिफायर्समा सहभागी हुन नेपाली राष्ट्रिय पुरुष बास्केटबल टोली सोमबार संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गर्नुभएको छ । अगस्त २४ देखि २९ तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुने खेलाडीमा सदीश प्रधान (कप्तान), विनोद महर्जन (उपकप्तान), श्रेयसबहादुर शाह, असिम श्रेष्ठ, सौरभ श्रेष्ठ, निश्चल महर्जन, सुदीप पौडेल क्षेत्री, अजय कुशवाह, कमल थापा, पेम्बा शेर्पा, सिमोन गुरुङ र प्रणयमान श्रेष्ठ रहनुभएको छ ।
अफिसियलमा नेपाल बास्केटबल सङ्घका अध्यक्ष भीमसिंह गुरुङ, राजेन श्रेष्ठ र सरोजा कोइराला श्रेष्ठ, टिम व्यवस्थापकमा नरेन्द्र थापा, प्रमुख प्रशिक्षकमा सुशील गुरुङ, सहायक प्रशिक्षकमा आशिष न्यौपाने, फिजियोमा अभिप्सासिंह कोइराला, मेडिकलमा डा. रूपेश केसी र मिडिया अफिसरमा सिद्धार्थ खड्का हुनुहुन्छ ।
Read full story at source (gorkhapatraonline.com)