कतै आशा, कतै आशङ्का : अर्थमन्त्रीले ब्याङ्कको कालोसूचीमा परेकालाई किन राहत दिन खोजेका हुन्
bbc.com · Sat Aug 22 02:05:24 GMT 2026

अर्थमन्त्री स्वर्णिम वाग्लेले "अन्जानमा कालोसूचीको दुष्चक्रमा परेकाहरूलाई राहत दिनेतर्फ" तदारुकता अपनाउन नेपाल राष्ट्र ब्याङ्कका अधिकारीहरूलाई निर्देशन दिइएको बताएपछि व्यवसायीहरू उत्साहित देखिएका छन्। तर ब्याङ्किङ क्षेत्रका कतिपय जानकारहरूले यस्तो प्रकृतिको नीतिगत हेरफेर गर्दा विकृति दोहोरिन नदिनेतर्फ सतर्कता अपनाउनुपर्ने सुझाव दिएका छन्।
अर्थमन्त्री वाग्लेले बिहीवार आफूआबद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेको 'नागरिक, नीति र नेतृत्व' कार्यक्रममा सांसदका प्रश्नको उत्तर दिँदै कालोसूचीसम्बन्धी समस्यालाई हल गर्न खोजिएको बताएका थिए।
Read full story at source (bbc.com)