पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
gorkhapatraonline.com · Sat Aug 22 02:05:37 GMT 2026

बैतडीको सूर्नया गाउँपालिका–८ रातापानीकी मीना बोहरा पानी पर्न थालेपछि चिन्तित हुन्छिन् । “गत साउन २६ गते गएको पहिरोले खेतियोग्य जमिनमा क्षति पुर्यायो नै । पहिरो लगातार गैरहेकाले घर पनि जोखीममा परेको छ । पानी पर्न सुरु हुने बित्तिकै छिमेकीको घरमा बास खोज्न जानुपर्छ । निरन्तरको पहिरोले त्रसित बनाएको छ,” मीनाले भन्नुभयो ।
मीनाको जस्तै पिरले सताउने गरेको रातापानीकै भुवनलाई पनि । “शौचालय र भान्सा घरमा क्षतिमा पु¥याएको छ । पहिरो घरमा कतिखेर पस्ने थाहा छैन,” भुवनले भन्नुभयो, “डराइ–डराइ बस्नुपरेको छ । पानी पर्न थालेपछि छिमेकीको घरमा बास खोज्न जानुपर्छ ।”
Read full story at source (gorkhapatraonline.com)