लुभुमा ‘अन टेस्ट’ ईभी हाइस दुर्घटना, चार जना घाइते
nepallive.com · Sat Aug 22 02:18:43 GMT 2026

ललितपुर– नम्बर प्लेट नलिएको ‘अन टेस्ट’ ईभी हाइस दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
महालक्ष्मी नगरपालिका–८ लुभुको नरकट्टेमा अनियन्त्रित भएको हाइस घरको गेटमा ठोक्किको हो। घटनामा गेटछेउमा पार्किङ गरिएको बा १८ च ९२८८ नम्बरको कारमा समेत ठोक्किएको थियो। दुर्घटनामा कारमा सामान्य क्षति पुगेको छ।
Read full story at source (nepallive.com)