ताप्लेजुङको तेल्लोकमा इलाका प्रशासन कार्यालय
gorkhapatraonline.com · Sat Aug 22 03:18:26 GMT 2026

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाको तेल्लाकमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ । नागरिकतासहितका सेवाहरु प्रवाह गर्नेगरी तेल्लाकमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको हो ।
इलाका प्रशासन कार्यालय स्थापनासँगै शुक्रबारदेखि औपचारिक रुपमा सेवासमेत सुरु भएको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले शुक्रबार कार्यालयको उद्घाटन गर्नुहुँदै इलाका प्रशासन कार्यालयबाट सेवा प्रारम्भ भएको घोषणा गर्नुभयो ।
Read full story at source (gorkhapatraonline.com)