राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जटिल न्युरो सेवा सुरु
ratopati.com · Sat Aug 22 03:24:10 GMT 2026

दाङ । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जटिल न्युरो तथा म्याक्सिलोफेसियल शल्यक्रिया सेवा सुरु भएसँगै गम्भीर चोटपटक लागेका बिरामीहरूले आफ्नै क्षेत्रमा उपचार पाई नयाँ जीवन पाउन थालेका छन्।
रोल्पाबाट वैदेशिक रोजगारीका लागि काठमाडौँ जाने क्रममा तिलाको गरगरेमा बस दुर्घटनामा परी टाउकोमा रगत जमेको र अनुहार क्षतविक्षत भई अर्धचेत अवस्थामा ल्याइएका रोल्पा त्रिवेणी गाउँपालिकाका २१ वर्षीय अमरकुमार झाँक्रीको प्रतिष्ठानमा सफल उपचार भएको छ।
Read full story at source (ratopati.com)