फाइनान्स कम्पनीले बढाए १४४ प्रतिशतले नाफा
annapurnapost.com · Sat Aug 22 03:22:00 GMT 2026

काठमाडौं : फाइनान्स कम्पनीहरूको नाफामा उल्लेख्य सुधार देखिएको छ। गत आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म १४ फाइनान्स कम्पनीहरूले समग्रमा १ अर्ब ६४ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १ सय ४४ दशमलव ६६ प्रतिशतले बढी हो।
अघिल्लो आर्थिक वर्षमा यी कम्पनीहरूको कुल नाफा ६७ करोड ४ लाख रुपैयाँमात्रै थियो। एक वर्षमै नाफा दोब्बरभन्दा बढी बढ्नुमा खुद ब्याज आम्दानीमा भएको वृद्धि तथा अघिल्लो वर्ष घाटामा रहेका केही कम्पनी नाफामा फर्किनुलाई प्रमुख कारणका रूपमा लिन सकिन्छ। तालिकाअनुसार मञ्जुश्री फाइनान्स सबैभन्दा बढी नाफा कमाउने कम्पनी बनेको छ। कम्पनीले चालु आर्थिक वर्षमा ३७ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्षको तुलनामा यसको नाफा २० दशमलव ३६ प्रतिशतले बढेको हो। त्यस्तै आईसीएफसी फाइनान्सले २६ करोड ४२ लाख, पोखरा फाइनान्सले २५ करोड ४३ लाख र गुर्खाज फाइनान्सले २१ करोड ९४ लाख रुपैयाँ नाफा कमाएका छन्।
Read full story at source (annapurnapost.com)