स्ट्रेट अफ हर्मुज अमेरिकी क्षेत्र भएको ट्रम्पको दाबी
nepalviews.com · Sat Aug 22 03:33:37 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै महत्वपूर्ण जलमार्ग स्ट्रेट अफ हर्मुज अमेरिकी क्षेत्र भएको दाबी गरेका छन् । दक्षिण क्यारोलिनाको मर्टल बीचमा आयोजित एक र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले स्ट्रेट अफ हर्मुजलाई अहिले आफूले ‘अमेरिकी क्षेत्र’ का रूपमा हेर्ने बताएका हुन् ।
सम्बोधनका क्रममा उनले इरानले अमेरिकासँग सम्झौता गर्न चाहेको दाबी गर्दै कुनै पनि हालतमा उसलाइ परमाणु हतियार बनाउन नदिने बताएका छन् । उनले भने, ‘हामी इरानलाई परमाणु हतियार बनाउन दिन सक्दैनौँ । यदि त्यसो भयो भने धेरै खराब परिणाम देख्नु पर्नेछ ।’
Read full story at source (nepalviews.com)