प्रशोधनबिनाको पानी पिउन बाध्य गमगढीवासी
gorkhapatraonline.com · Sat Aug 22 03:55:59 GMT 2026

मुगुको सदरमुकाम गमगढी बजारका उपभोक्ता वर्षायाममा समेत शुद्ध खानेपानी पाउनबाट वञ्चित भएका छन्। वर्षाका कारण मुहानमा बाढी तथा पहिरोले माटो, बालुवा र अन्य फोहोर मिसिँदा पानी धमिलो हुने गरेको भए पनि गमगढी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले पर्याप्त प्रशोधन नगरी वितरण गर्दै आएको उपभोक्ताको गुनासो छ।
छायाँनाथ रारा नगरपालिका–२ का स्थानीय धर्मबहादुर सेजुवालका अनुसार वर्षायाममा मुहानको पानी धमिलो भएर धारामा आउने गरेको छ। पानीमा माटो, बालुवा, जुका तथा अन्य फोहोर मिसिए पनि उपभोक्ताले बाध्य भएर त्यही पानी प्रयोग गर्नुपरेको उहाँले बताउनुभयो।
Read full story at source (gorkhapatraonline.com)